काठमाडाैं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले थप सार्वजनिक निष्कासन (एफपीओ) ल्याउने भएकाे छ । संस्थाले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवदेन दिँदै एफपीओ ल्याउने अनुमति मागेको हो ।
सेबोनले अनुमति दिएमा संस्थाले करिब पौने ४७ लाख रुपैयाँबराबरको आईपीओ ल्याउनेछ ।
सूर्योदय वोमी लघुवित्तले १०० रुपैयाँ अंकित दरका कुल ४६ हजार ७३० कित्ता एफपीओ ल्याउनेछ ।
एफपीओ बिक्रीबाट संस्थाले सर्वसाधारणबाट थप ४६ लाख ७२ हजार ९५४.५ रुपैयाँ रकम उठाउनेछ ।
सूर्योदय वोमी लघुवित्तको एफपीओ बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ ।


































