National life

स्वास्थ्य बिमाका नाममा दुरुपयोग पनि भएको छ हामी पुनःविचार गर्छौ : प्रधानमन्त्री

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३० असार २०८२, सोमबार
488Shares
स्वास्थ्य बिमाका नाममा दुरुपयोग पनि भएको छ हामी पुनःविचार गर्छौ : प्रधानमन्त्री
ncell

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बिमा क्षेत्रमा पुनः विचार गरिने बताएका छन्।

त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको ४३औँ वार्षिकोत्सवका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले स्वास्थ्य बिमाका नाममा कतिपय अवस्थामा दुरुपयोग हुने गरेको पाइएको बताउँदै औचित्य पुष्टि हुने गरी स्वास्थ्य बिमा कार्यक्रममा पुनरावलोकन गरिने धारणा राखेका छन् ।

उनले निरोगी नेपाल अभियान र बिरामीलाई सही उपचार गराउने काममा थप सफलता हासिल गर्न त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताललाई आग्रह पनि गरे। नेपाली जनताको सेवा गर्ने मामिलामा सर्वोत्कृष्टता हासिल गरेको यस अस्पतालले दक्ष जनशक्ति उत्पादन, स्वास्थ्य उपचार र स्वास्थ्य सेवाका क्षेत्रमा अस्पतालले अझै सफलता हासिल गर्दै जानुपर्नेमा प्रधानमन्त्रीको जोड रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

“मानिसहरू बिरामी भएपछि चिकित्सक, नर्स र अस्पतालप्रति विश्वास र आशा गर्छन्। अस्पताल पुगेपछि बिरामीले बाँच्छु भन्ने आशा राखेको हुन्छ। त्यो विश्वासलाई पूरा गर्नु तपाईँहरूको दायित्व हो”, प्रधानमन्त्री ओलीले भने, “नर्सहरूको हातमा जादु हुन्छ। बिरामीलाई उपचार गर्न औषधिले मात्रै होइन, नर्सको मृदुभाषीपन र राम्रो व्यवहारले पनि बिरामीलाई निको पार्छन्। प्रधानमन्त्रीले भने

कार्यक्रममा प्रधानमन्त्री ओलीले अस्पतालको विस्तार सेवा भवन निर्माणमा सहयोग गर्ने भाटभटेनी सुपर मार्केटका प्रबन्ध निर्देशक मीनबहादुर गुरुङलाई सम्मान प्रदान गरेका थिए ।  अस्पतालको वार्षिकोत्सवका अवसरमा आजै सो नयाँ सेवा भवनको प्रधानमन्त्री ओलीबाट उद्घाटन भएको थियो।

यो समाचार शेयर गर्नुहोस्
488SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?