काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा वाणिज्य बैंकहरूको औसत खराब कर्जा (एनपीएल) ५ प्रतिशतको सीमाभन्दा माथि पुगेको देखिएको छ । हाल २० वाणिज्य बैंकहरूको समग्र औसत एनपीएल ५.२५ प्रतिशतमा पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा बढेको हो ।
गत वर्षको चैत मसान्तमा बैंकहरूको औसत खराब कर्जा ४.८३ प्रतिशत रहेको थियो ।
विवरणअनुसार समीक्षा अवधिमा ३ वटा बैंकको एनपीएल ८ प्रतिशतभन्दा बढी पुगेको छ भने बाँकी बैंकहरूको खराब कर्जा ८ प्रतिशतभन्दा कम रहेको छ ।
बैंकगत अवस्थाअनुसार प्रभु बैंकको खराब कर्जा ८.८४ प्रतिशत, एनआईसी एशिया बैंकको ८.८५ प्रतिशत र एनआईएमबी बैंकको ८.४१ प्रतिशत पुगेको छ ।
त्यसैगरी सार्वजनिक भएका वित्तीय विवरण अनुसार स्ट्यान्डर्ड चार्टर्ड बैंकको एनपीएल १.८१ प्रतिशत, सिटिजन्स बैंकको ६.८२ प्रतिशत, सानिमा बैंकको ३.९९ प्रतिशत र प्राइम कमर्सियल बैंकको ६।.९ प्रतिशत रहेको छ ।
एनएमबि बैंकको खराब कर्जा ४.९५ प्रतिशत, हिमालयन बैंकको ७.९८ प्रतिशत, कृषि विकास बैंकको ५.०६ प्रतिशत, नेपाल एसबीआई बैंकको २.५३ प्रतिशत, माछापुच्छ्रे बैंकको ४.०१ प्रतिशत, नबिल बैंकको ४.३७ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ५.२९ प्रतिशत, नेपाल बैंकको ४.९६ प्रतिशत र सिद्धार्थ बैंकको ३.७१ प्रतिशत रहेको छ ।
यस्तै, एभरेष्ट बैंकको एनपीएल ०.६१ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ४.४८ प्रतिशत, कुमारी बैंकको .।९४ प्रतिशत र ग्लोबल आईएमई बैंकको ४.९७ प्रतिशत रहेको वित्तीय विवरणले देखाएको छ ।





































