National life

९ महिनामा २ अर्ब १९ करोड रुपैयाँ बराबरको सिमेन्ट तथा क्लिंकर निर्यात

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१० वैशाख २०८२, बुधबार
506Shares
९ महिनामा २ अर्ब १९ करोड रुपैयाँ बराबरको सिमेन्ट तथा क्लिंकर निर्यात
ncell

काठमाडौँ। चालु आर्थिक वर्षको पहिलो ९ महिनामा २ अर्ब १९ करोड रूपैयाँ बराबरको सिमेन्ट तथा क्लिंकर (अर्धप्रशोधित सिमेन्ट) निर्यात भएको छ।

साउनदेखि चैतसम्मको अवधिमा १२ लाख ३६ हजार ४३६ टन सिमेन्ट र क्लिंकर भारततर्फ निर्यात भएको भन्सार विभागले जनाएको छ। विभागका अनुसार ६४ करोड रुपैयाँ बराबरको चार लाख ८० हजार ७९४ टन क्लिंकर र एक अर्ब ५५ करोड रुपैयाँ बराबरको तयारी सिमेन्ट ७ लाख ५५ हजार ६४३ टन निर्यात भएको हो ।

भारत सरकारले ब्युरो अफ इन्डियन स्टान्डर्ड (बीआइएस) नविकरण नगरिदिँदा सिमेन्टको निर्यात प्रभावित भएको हो।

Royal Enfield
nic asia capital
अर्घाखाँची, बालाजी लगायत सिमेन्टको बीआइएस नवीकरण नहुँदा महिनौं निर्यात रोकियो।

भारतले ढिलै भएपनि चैतमा बीआइएस नविकरण गरिदिएको हुनाले वैशाखमा सिमेन्टको निर्यात पुनः लयमा फर्किने अपेक्षा उद्योगीको छ।

यो समाचार शेयर गर्नुहोस्
506SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?