National life
cg eloctronics

९ महिनामा ३ खर्ब ७२ अर्बले थपियो विदेशी मुद्रा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३० वैशाख २०८१, आइतबार
478Shares
९ महिनामा ३ खर्ब ७२ अर्बले थपियो विदेशी मुद्रा
ncell

काठमाडौँ । चालु आर्थिक वर्षको ९ महिनामा ३ खर्ब ७२ अर्ब ५० करोड रुपैयाँ विदेशी मुद्राको सञ्चिति थपिएको हो । २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति चैत मसान्तसम्म २४।२ प्रतिशतले वृद्धि हुँदै १९ खर्ब ११ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० चैत मसान्तमा २२।७ प्रतिशतले वृद्धि भई १४अर्ब ३६ करोड पुगेको भने आर्थिक वर्ष २०८०र८१ को ९ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १५ महिनाको वस्तु आयात र १२।५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको राष्ट्र बैंकले जानकारी दिएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

२०८० चैत मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्रा प्रदायसँगका अनुपातहरू क्रमशः ३३।५ प्रतिशत, १०४ प्रतिशत र २८.९ प्रतिशत रहेका छन् । २०८० असार मसान्तमा यी अनुपातहरू क्रमशः २८.८ प्रतिशत, ८३.० प्रतिशत र २५.० प्रतिशत रहेका थिए ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रुपैयाँ रहेकोमा २०८० चैत मसान्तमा २५।४ प्रतिशतले वृद्धि भई १६ खर्ब ८८ अर्ब २१ करोड रुपैयाँ पुगेको छ ।

यसैगरी अन्य बैंक तथा वित्तीय संस्था नेपाल राष्ट्र बैंक बाहेकसँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा २०८० चैत मसान्तमा १५।५ प्रतिशतले वृद्धि भई २ खर्ब २३ अर्ब ६५ करोड कायम भएको राष्ट्र बैंकले जनाएको छ ।

२०८० चैत मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.६ प्रतिशत रहेको बैंकले जनाएको हो ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
478SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?