National life

एकैसाथ ३७ वटा निर्माण कम्पनीको इजाजत पत्र खारेज (सूचिसहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०२ साउन २०८२, शुक्रबार
495Shares
एकैसाथ ३७ वटा निर्माण कम्पनीको इजाजत पत्र खारेज (सूचिसहित)
ncell

काठमाडौँ। सरकारले ३७ वटा निर्माण कम्पनीको इजाजत पत्र (लाइसेन्स) एकै पटक खारेज गरेको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एक सूचना जारी गर्दै तोकिएको समयसीमा भित्र नवीकरण नगरेका कम्पनीहरूको लाइसेन्स स्वतः खारेज भएको जानकारी दिएको हो।

निर्माण व्यवसाय ऐन २०५५ को दफा ५ को उपदफा ३ अनुसार, सबै निर्माण कम्पनीहरूले चालु आर्थिक वर्ष २०८१्८२ का लागि चैत मसान्तसम्म आफ्नो इजाजत पत्र नवीकरण गर्नुपर्ने प्रावधान रहेको छ। तर, सो अवधिभित्र नवीकरण नगरेका कारण ती कम्पनीहरूको इजाजत पत्र स्वतः रद्द भएको मन्त्रालयले स्पष्ट पारेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

खारेजमा परेका कम्पनीहरूमा गणपति ग्रुप अफ कन्स्ट्रक्सन काठमाडौँ, भ्याली स्टार विल्डर्स ललितपुर, डिलक्स द ब्रेभ वारियर अफ कन्स्ट्रक्सन काठमाडौँ, इन्टरनेशनल इन्फ्रा विल्डर्स काठमाडौँ, जय बुद्ध शेर्पा कन्स्ट्रक्सन काठमाडौँ, एक्सीलेन्ट विल्डर्स झापा, र शेरम निर्माण सेवा दाङ जस्ता प्रमुख नाम रहेका छन्।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
495SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?