काठमाडौं । आज (फागुन २२ गते) का दिन एनआइसी एसिया बैंकको २७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।
बैंकले उक्त सभाबाट अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ। साथै, सभाले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका ५ अर्ब रुपैयाँ बराबरको एनआइसी एसिया अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पारित गरेको हो।
त्यस बाहेक बैंकको उक्त सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरु उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा समसामयिक संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।



































