National life

बीमा प्राधिकरणका अध्यक्ष ओझालाई पदमुक्त गर्न छानबिन समिति गठन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३० असार २०८२, सोमबार
575Shares
बीमा प्राधिकरणका अध्यक्ष ओझालाई पदमुक्त गर्न  छानबिन समिति गठन
ncell

काठमाडौं । मन्त्रिपरिषद्को सोमबारको बैठकले नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको कार्यक्षमता र जिम्मेवारी पालनबारे छानबिन गर्न समिति गठन गरेको छ । पूर्वन्यायाधीश कृष्ण गिरीको नेतृत्वमा तीन सदस्यीय समिति बनाएको हो ।

समितिका अन्य दुई जना सदस्यमा कपिलदेव ओली र जीवनप्रकाश सिटौला छन् । छानबिन समिति गठन भएसँगै अध्यक्ष ओझा स्वतः पदमुक्त भएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बीमा ऐन २०७९ को दफा १२ को उपदफा ३ मा अध्यक्ष वा सदस्यको हकमा छानबिन समिति गठन भएमा स्वतः निलम्बन हुने व्यवस्था छ ।

मन्त्रिपरिषद्ले अध्यक्ष ओझालाई पदमुक्त गर्ने प्रयोजनका लागि छानबिन समिति गठन गरेको हो । ऐनको दफा १२ को उपदफा १ को खण्ड ‘ग’ मा खराब आचरण, कार्यक्षमताको अभाव वा पदीय जिम्मेवारी पालना नगरेको आधारमा अध्यक्ष वा सदस्यलाई नेपाल सरकारले पदमुक्त गर्न सक्ने व्यवस्था छ ।

ओझामाथि फर्जी कागजात पेश गरी बीमा प्राधिकरणको अध्यक्ष पदमा नियुक्ति लिएको विषयमा सर्वोच्च अदालतमा रिट परेको छ । यही विषयमा उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरिरहेको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ । यो पृष्ठभूमिमा सरकारले ओझालाई पदमुक्त गर्ने प्रक्रिया अघि बढाएको हो ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
575SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?