National life

५ अर्ब ५० करोड नाफा आर्जन गरेका जीवन बिमा कम्पनीहरूको प्रतिशेयर आम्दानी कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०३ भदौ २०८२, मङ्गलबार
542Shares
५ अर्ब ५० करोड नाफा आर्जन गरेका जीवन बिमा कम्पनीहरूको प्रतिशेयर आम्दानी कति ?
ncell

काठमाडौँ। जीवन बिमा कम्पनीहरूले गत वर्षको असारसम्म ५ अर्ब ५० करोड रुपैयाँ नाफा कमाएका छन्। नेप्सेमा सूचीकृत कम्पनीलेहरुले कमाएको यो नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा भने १२.८६ प्रतिशत कम हो।

अघिल्लो वर्ष कम्पनीहरूले ६ अर्ब ३२ करोड नाफा कमाएका थिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
मुद्दती निक्षेपको ब्याजदर घट्दा बिमा कम्पनीहरूको आम्दानीमा असर पुग्न गएको हो । अहिले बैंकले मुद्दतीमा दिने ब्याजदर न्यून विन्दुमा झरेको छ । त्यसैले नाफामा समेत असर परेको देखिएको छ।

यस अवधिमा जीवन बिमा कम्पनीहरूको प्रतिसेयर आम्दानीमा सामान्य बढेको छ । कम्पनीहरूले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यस अवधिमा एसियन लाइफको प्रतिसेयर आम्दानी सबैभन्दा धेरै देखिएको छ। कम्पनीको आम्दानी १२.०४ रुपैयाँ छ गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी ९.६६ प्रतिशत कायम थियो। औसतमा बिमाहरुको इपीएस ८.५४ रुपैयाँ छ ।

त्यस्तै, दोस्रो स्थानमा रहेको आइ.एम.ई.लाइफ इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ११.६७ रुपैयाँ रहेको छ । कम्पनीको इपीएस गत आर्थिक वर्षको तुलनामा भने -०.६८ प्रशितले घटेको हो । गत वर्ष कम्पनीले १२.३५रुपैयाँ रहेको थियो ।

साथै, यस अवधिमा सन नेपाल लाइफको इपीएस ११.२२ रुपैयाँ, रिलायबल नेपालको १०.९७ रुपैयाँ, सिटिजन लाइफ इन्स्योरेन्सको ८.५ रुपैयाँ , नेशनल लाइफ इन्स्योरेन्सको ७.९२ रुपैयाँ, सानिमा रिलायन्स लाइफको ७.५३ रुपैयाँ रहेको छ ।

उल्लेखित कमपनीहरुको इपीएस गत आवको सोही अवधिको तुलनामा क्रमश ३.२९ प्रतिशतले घटेको छ भने रिलायबलको २.६२ प्रतिशतले बढेको छ । त्यस्तै, सिटिजनको समेत -२.४२ प्रतिशतले गिरावट आएको छ । यस अवधिमा नेशनल-१०.८९ प्रतिशतको फराकिलो अंकले घटेको हो ।

                        तालिकामा हेर्नुहोस्

                     eps of life insurance company upto 2082-82          amount rs

यो समाचार शेयर गर्नुहोस्
542SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?