National life
cg eloctronics

अमेरिकी प्रविधिले नेपालको पर्वतारोहणलाई नयाँ उचाइ दिने : उपविदेशमन्त्री रोजर्स

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|१७ जेठ २०८३, आइतबार
1.1kShares
अमेरिकी प्रविधिले नेपालको पर्वतारोहणलाई नयाँ उचाइ दिने : उपविदेशमन्त्री रोजर्स
ncell

काठमाडौँ । अमेरिकी उपविदेशमन्त्री सारा बी रोजर्सले नेपालको पर्वतारोहण क्षेत्रमा अमेरिकी प्रविधि उपयोगी हुन सक्ने बताएकी छन्। नेपालस्थित अमेरिकी दूतावासद्वारा आयोजित ‘द एसेन्ट समिट’मा बोल्दै उनले पर्यटन, नवप्रवर्तन र प्रविधिमा नेपाल–अमेरिका सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिइन्।

उनले सगरमाथाले विश्वभरका साहसिक पर्यटकलाई आकर्षित गरिरहेको उल्लेख गर्दै सन् १९६३ मा जिम ह्विटेकर र नावाङ गोम्बु ले गरेको ऐतिहासिक आरोहणले दुई देशबीचको सम्बन्धलाई बलियो बनाएको स्मरण गरिन्। उनका अनुसार हाल पनि पर्यटन, शिक्षा, प्रविधि र जनस्तरको आदानप्रदानमार्फत सम्बन्ध विस्तार भइरहेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

रोजर्सले आधुनिक सुरक्षा प्रणाली, सञ्चार उपकरण, ड्रोन तथा उद्धार प्रविधिले हिमाली पर्यटनलाई थप सुरक्षित र व्यवस्थित बनाउन सक्ने बताइन्। उनले अमेरिकाबाट आउने पर्यटकहरूले नेपालको पर्यटन तथा स्थानीय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको पनि उल्लेख गरिन्।

कार्यक्रममा प्रतिनिधिसभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिकी सभापति सुम्निमा उदास ले सगरमाथा नेपालको पहिचान र अर्थतन्त्रको मुख्य आधार भएको बताइन्। उनले पर्वतीय पर्यटनले रोजगारी, व्यवसाय र स्थानीय समुदायको जीवनयापनमा ठूलो योगदान पुर्‍याइरहेको धारणा राखिन्।

उदासले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका चुनौतीप्रति चिन्ता व्यक्त गर्दै वातावरण संरक्षण, सुरक्षाका मापदण्ड र दिगो पर्यटन प्रवर्द्धनमा सहकार्य आवश्यक रहेको बताइन्। साथै, पर्यटन क्षेत्रमा पारदर्शिता र सुधारका लागि नयाँ कानुनी व्यवस्थामार्फत अघि बढ्ने तयारी भइरहेको जानकारी दिइन्।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?