काठमाडौं । यूनाईटेड अजोड इन्स्योरेन्स कम्पनीले नयाँ प्रविधि भित्र्याउने भएको छ । कृषी बीमामा आकर्षण बढाउँन सहयोगी हुने तथा ग्राहकहरुलाई सहज हुने हिसाबले (मोजल ट्रयाकिङ) नाक बिचको रेखाको आधारमा बीमा हुने भएको हो ।
‘प्लान स्याट’ कम्पनीसँग सहकार्य गरेर यूनाईटेड अजोड इन्स्योरेन्स उक्त काम अघि बढाएको हो । ‘प्लान स्याट’ ले कृषी क्षेत्रमा केन्द्रित भएर प्रविधिमा सहजिकरण गर्दै आएको छ ।
कुनै पनि व्यक्तीले आफ्नो औलाको छाप (थम्ब) बाट मोवाइल खोल्दा हातको रेखाले काम गरे जस्तै गाईवस्तुहरुको पनि नाकको बिच भागमा रहेको रेखालाई आधार बनाएर बीमा हुने भएको छ । उक्त नयाँ प्रविधि बीमा क्षेत्रमा नयाँ अभ्यास भित्र्याउन सहयोगी हुने यूनाईटेड अजोड इन्स्योरेन्स कम्पनीले जानकारी दिएको छ ।
यूनाईटेड अजोड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्रवण कुमार (एस.के.) रावलले आर्थिक भ्वाईससँग भने,‘हामीले गाई, भैसीहरुको नाकको बिच भागको रेखाको आधारमा बीमा गर्न प्रविधि भित्रउँन लागेका छांै । यो प्रयास सम्भवत विश्वकै पहिलो हो जस्तो मलाई लाग्छ । गाई भैसीको नाक भित्र बिच भागको रेखा (मोजल) को आधारमा हामीले बीमा गर्ने भएका हौं ।’
सीईओ रावलले विश्वका विभिन्न विश्वविद्यालयहरुले गरेको लामो अवधिको खोज, अनुसन्धानले क्याटल आईटेन्टीफिकेसन (वस्तुको मौलिकता पहिचान) गर्न सघाउँने पत्ता लगाएको छ ।
४८ हजार वटा गाईभैसीहरुको नमूना संकलन गर्दा उनीहरुको नाक भित्रको रेखा हेर्दा सबैको फरक किसिमको भेट्टिएको थियो । वस्तुहरुलाई लगाईने ट्याग २५ देखि ३० रुपैयाँ पर्ने भए र यस्तै प्रविधि अपनाउँन सकेमा ग्राहकहरुलाई झन्झट कम हुने बुझिएको छ । त्यस्तै, यसको पाइलट प्रोजेक्टको रुपमा पहिलो चरणमा काम सम्पन्न भएपछि बिस्तारै बीमा गर्दा पशुहरुमा लगाईने ट्याग नै विस्तापित हुने कम्पनीको अनुमान छ ।
यसले गर्दा बीमा कम्पनीहरुलाई पनि एकातर्फ लागत कम हुन जान्छ भने अर्कोतर्फ कृषी बीमामा पनि आकर्षण बढ्ने पक्का छ ।
ट्यागका कारण आएका समस्याहरु समाधान हुने
हाल यूनाईटेडअजोड इन्स्योरेन्सले उक्त कामको पूर्व तयारी गर्न थालेको बताएको छ । पहिलो चरणमा यूनाईटेड अजोडका केही शाखाबाट मोजल ट्रयाकिङको काम सम्पन्न हुनेछ ।
कृषकहरुलाई सहजता
दुर्गम ठाउँबाट पनि बीमा गर्न पाइने, सुगम ठाउँ धाउन नपर्ने हुन्छ । मोवाइलबाटै फोटो पठाएको आधारमा गाईवस्तुको बीमाको दाबी भुक्तानी पाउँन सकिन्छ ।
हाल अधिकांश किसानहरुले स्मार्ट फोन नै बोक्ने भएकाले उनीहरुले उक्त फोनबाट पठाएको फोटो, भिडीयोको आधारमा समेत गाई, भैसीको बीमा हुने भएको छ । सबैभन्दा ठूलो कुरा भनेको बीमितहरुले पनि एउटा गाईको ट्याग अर्को गाईमा राख्ने वा बीमामा हुने डुप्लिकेसनको समस्या समाधान हुने यूनाईटेड अजोड इन्स्योरेन्सले विश्वास लिएको छ ।
अब एउटा गाईको बीमा गर्न कृषकहरुले लामो बाटो हिडेर वा पहाडी भुभागमा पनि बीमा गर्नेकै लागि पाउँने अनावश्यक दुःख तथा विभिन्न झन्झटहरु कम हुने भएको छ । तत्कालका लागि नयाँ सफ्वेयर प्रयोगमा ल्याउँदा कम्पनीलाई खर्चिलो हुने भए पनि त्यसले भविष्यमा बीमितहरुलाई सहज बनाउँने र कम्पनीमा क्याटल इन्स्योरेन्स संख्या बढ्ने यूनाईटेड अजोड इन्स्योरेन्स कम्पनीले विश्वास लिएको छ ।
मोवाइलमा प्यान स्याट कृषी बीमाको आधारमा कृषक, अभिकर्ता, मार्केटिङ स्टाफकले फोटो खिचेर काम गर्न सक्नेछन् । किसानहरुले पनि उक्त एप चलाएर रेकर्ड राख्न सक्नेछन् । नैतिक जोखिम कम गर्न यो विविधि निकै उपयोगी हुने कम्पनीले विश्वास लिएको छ ।





































