National life

एकेडेमिया इन्टरनेशनल कलेजमा कामना सेवाको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१८ साउन २०८०, बिहिबार
531Shares
एकेडेमिया इन्टरनेशनल कलेजमा कामना सेवाको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
ncell

काठमाडौं । कामना सेवा विकास बैंकले साउन १७ गते ललितपुर स्थित एकेडेमिया इन्टरनेशनल कलेजमा एक दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले व्यवस्थापन संकायका विद्यार्थीहरुलाई सुरक्षित भविष्यको सुनिश्चितता गर्दै सही वित्तीय निर्णयहरू गर्न शिक्षित र सशक्त बनाउने योजनाका साथ यो कार्यक्रमको आयोजना गरेको जनाएको छ ।

उक्त कार्यक्रममा ३० भन्दा बढि सहभागी विद्यार्थीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा सहभागीलाई बैंकका कर्मचारीले वित्तीय व्यवस्थापन, बचत र खर्चको व्यवस्थापन, डिजिटल बैंकिङ, डिजिटल बैंकिङमा अपनाउनु पर्ने सतर्कतता लगायतका विषयमा साक्षरता प्रदान गरेका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उक्त कार्यक्रममा बैंकका तर्फबाट प्रमुख व्यवसाय अधिकृत हरि प्रसाद लम्साल, ग्वार्को शाखाका शाखा प्रमुख प्राथना राणा कार्की निक्षेप विभागबाट सुमन दुवाडी, लगायत अन्य कर्माचारी र कलेजका तर्फबाट क्याम्पसका व्यवस्थापन संकाय प्रमुख प्रकृती बोताजु र अन्य विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

यो समाचार शेयर गर्नुहोस्
531SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?