National life

कामना सेवाको वार्षिकोत्सवमा विभिन्न स्थानमा ट्राफिक सचेतनाबोर्ड हस्तान्तरण

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१९ कात्तिक २०८०, आइतबार
550Shares
कामना सेवाको वार्षिकोत्सवमा विभिन्न स्थानमा ट्राफिक सचेतनाबोर्ड हस्तान्तरण
ncell

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो स्थापनाको १६ औं वर्ष पुरा गरि १७औं वर्षमा प्रवेश गर्ने शुभ अवसरमा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय, भैरहवालाई ट्राफिक सचेतनाबोर्ड हस्तान्तरण गरेको छ । बुटवल,भैरहवा सुनौली सडकखण्डका विभिन्न स्थानहरुमा उक्त बोर्डहरु राखिने जिल्ला ट्राफिक प्रहरी कार्यालय, भैरहवाका प्रहरी निरिक्षक बजिर सिंह विष्टले बताए ।

बैंकका संचालक भिम प्रसाद तुलाचनको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बुटवल क्षेत्रका क्षेत्रिय प्रमुख खिमलाल भुषाल लगायतका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

त्यस्तै गरि बैंकले आफ्ना सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ट्राफिक प्रहरी कार्यालय, वालिङलाई ट्राफिक सचेतनाबोर्ड हस्तान्तरण गरेको छ ।

Royal Enfield
nic asia capital
स्याङ्गजा जिल्ला, वालिङ क्षेत्रका विभिन्न स्थानहरुमा उक्त बोर्डहरु राखिने बैंकले जनाएको छ ।

बैंकका पोखरा क्षेत्रका क्षेत्रीय प्रमुख विष्णु प्रसाद गौतमले उक्त बोर्डहरु ट्राफिक प्रहरी कार्यालयलाई हस्तान्तरण गरेका थिए ।

बैंकको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत वुटवल हिलपार्क स्थित कामना सेवापार्कमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । स्वच्छ वातावरण र हरियालीलाई संरक्षण गर्ने उद्धेश्यले निर्माण गरिएको उक्त पार्कलाई कामना सेवा विकास बैंकले संरक्षण र प्रवद्र्धन गर्दै आएको छ । उक्तसरसफाई कार्यक्रममा बुटवल क्षेत्रका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

बैंकले आफ्नो स्थापनाको १७औं वार्षिकोत्सवको अवसरमा विभिन्न १७ वटा कार्यक्रम सहित सप्ताहव्यापी रुपमा कार्यक्रमहरु गरिरहेको छ । बैंकले गत शुक्रवार देखी विभिन्न कार्यक्रमहरुको आयोजना गरिरहेको छ । आगामी विहिवार सम्म बैंकले विभिन्न कार्यक्रमहरु गर्ने जनाएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
550SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?