National life
cg eloctronics

सानिमा बैंकले ल्यायाे ‘मेड इन नेपाल’ चाडपर्व लक्षित योजना

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०३ कात्तिक २०८०, शुक्रबार
543Shares
सानिमा बैंकले ल्यायाे ‘मेड इन नेपाल’ चाडपर्व लक्षित योजना
muktinatha bikash bank

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि ‘मेड इन नेपाल’ चाडपर्व लक्षित योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत सानिमा बैंकको डिजिटल प्रणाली मार्फत भुक्तानी गरेमा विशेष छुट तथा क्यास व्याकको व्यवस्था गरेको छ ।

उपरोक्त प्रयोजनका लागि नेपालमा उत्पादित विभिन्न वस्तुहरु बिक्री गर्ने व्यापारीक केन्द्र तथा प्रतिनिधिहरुसँग सहकार्य गरिएको छ । यसबाट स्थानीय उत्पादन, बिक्री प्रर्वद्घन तथा डिजिटल भुक्तानी माध्यमको प्रयोगलाई प्रोत्साहित गर्न मद्दत पुग्ने छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

यो योजना २०८० आश्विन २७ देखि २०८० मंसिर ३ गतेसम्मका लागि लागू हुनेछ । ग्राहकहरुले सानिमा डेबिट/क्रेडिट कार्ड र मोबाइल बैंकिङ एप मार्फत भुक्तानी गर्दा मर्चेन्टहरुबाट ४०% सम्मको छुटका साथै बैंकबाट १०% वा अधिकतम ३०० सम्मको क्यास व्याकको लाभ लिन सक्नेछन् ।

सानिमा बैंकको देशको सातै प्रदेशमा १३२ वटा कार्यालयहरु तथा १२३ वटा ए.टि.एम.हरु संचालनमा रहेका छन् । यसै गरी, सानिमा डेबिट/क्रेडिट कार्ड र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटल, रेष्टुरेन्ट र अन्य मर्चेन्टहरमा विभिन्न छुटहरु प्राप्त गर्न सक्नेछन् ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
543SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?