National life

सिटिजन्स बैंकको ऋणपत्र बाँडफाँड

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|०१ कात्तिक २०८०, बुधबार
971Shares
सिटिजन्स बैंकको ऋणपत्र बाँडफाँड
ncell

काठमाडौं । सिटिजन्स बैंकको ऋणपत्र बाँडफाँड भएको छ । बैंकले असोज १७ गतेदेखि २२ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको ‘१० प्रतिशत सिटिजन्स बैंक डिबेन्चर २०९०’ असोज ३० गते, मंगलबार बाँडफाँड गरेको हो।

बैंकले १० वर्ष अवधिको १० प्रतिशत ब्याजदर भएको प्रतिऋणपत्र १ हजार अंकित मूल्यका ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको थियो। सोमध्ये ६० प्रतिशत अर्थात १८ लाख कित्ता ऋणपत्रले हुन आउने १ अर्ब ८० करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट र बाँकी ४० प्रतिशतले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणमा बिक्री गरेको थियो ।

Royal Enfield
nic asia capital

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
971SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?