काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहको सेयर बिक्रीमा ल्याएको हो।
बैंकले विभिन्न संस्थापक सेयर धनीको नाममा रहेको ४ हजार ६६९.९८ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो। यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक शेयर धनीहरूले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।
इच्छुक संस्थापक शेयर धनीहरूले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाण्डौको नारायणहिटी पथमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ।
निर्धारित समयभित्र सेयर खरिदका लागि संस्थापक शेयर धनीबाट कुनै पनि आवेदन नपरेमा उक्त सेयर अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गरिने बैंकले जनाएको छ । सेयरको न्यूनतम मूल्य १११ रुपैयाँ तोकिएको छ ।






































