National life

कति छ विदेशी मुद्राको विनिमय दर

max lubricant tata
Aarthik voice
Aarthik voice
३ महिना अगाडि|०७ असार २०८३, आइतबार
1.1kShares
कति छ विदेशी मुद्राको विनिमय दर
ncell

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य स्थिर छ।

शनिबार अमेरिकी डलर, युरो, कुवेती र बहराइन दिनारको मूल्य घटेको थियो भने अस्ट्रेलियन डलर, पाउन्डसहित कतिपय मुद्रा महँगिएका थिए। आज अमेरिकी डलर १ को खरिददर १५० रुपैयाँ ६२ र बिक्रीदर १५१ रुपैयाँ २२ पैसा निर्धारण भएको छ। हिजो पनि अमेरिकी डलरको विनिमयदर यही थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

गएको जेठ ७ गते अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो। त्यसैगरी आज युरो १ को खरिददर १७२ रुपैयाँ ६६ पैसा र बिक्रीदर १७३ रुपैयाँ ३४ पैसा छ।

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १९९ रुपैयाँ ३४ पैसा र बिक्रीदर २०० रुपैयाँ १३ पैसा निर्धारण गरिएको छ। आज अस्ट्रेलियन डलर १ को खरिददर १०५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १०६ रुपैयाँ ०४ पैसा छ।त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ४९० रुपैयाँ १४ पैसा र बिक्रीदर ४९२ रुपैयाँ ०९ पैसा छ।

आज बहराइन दिनार १ को खरिददर ३९९ रुपैयाँ ५२ पैसा र बिक्रीदर ४०१ रुपैयाँ ११ पैसा निर्धारण भएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?