National life

आरबीबी सेक्युरिटीजको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२६ पुस २०८१, शुक्रबार
571Shares
आरबीबी सेक्युरिटीजको दोस्रो वार्षिक साधारण सभा सम्पन्न
ncell

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा सञ्चालित सहायक कम्पनी आरबीबी सेक्युरिटीज कम्पनी लिमिटेडको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले आर्थिक वर्ष २०८०/०८१ को कम्पनीको वार्षिक प्रतिवेदन प्रस्ताव पारित गरेको छ ।

साधारण सभामा प्रमुख अतिथि एवं बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) देवेन्द्ररमण खनालले हाल सहरी क्षेत्रमा मात्र सीमित रहेको ब्रोकर सेवालाई ग्रामीण क्षेत्रमा समेत विस्तार गर्ने दीर्घकालीन सोचअनुरूप रणनीति तयार गरी आफ्नो कार्यक्षेत्र विस्तार गर्दै लैजाने र ग्रामीण क्षेत्रमा रहेका जनताहरूले पनि ब्रोकर सेवा लिन सकिने वातावरण बनाउनुपर्ने बताए।

आरबीबी सेक्युरिटीज कम्पनीका सीईओ बेनी श्रेष्ठले हाल २० करोड चुक्तापुँजी रहेको कम्पनीले धितोपत्र व्यवसायको व्यवसायिक कारोबार(ब्रोकर) मिति २०८१ असार २६ गतेबाट सुरु गरेको बताए । नेपाल स्टक एक्सचेन्जबाट सदस्यता नम्बर ९७ प्राप्त गरेको आरबीबी सेक्युरिटीज कम्पनीले ब्रोकर, मार्जिन, थोक कारोबार तथा अन्य पुँजीबजार सम्बन्धी सेवाहरू प्रदान गरिरहेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साधारण सभामा आरविवि सेक्युरिटीज कम्पनी लिमिटेडका सञ्चालकहरू गायत्री श्रेष्ठ, राज्य लक्ष्मी खड्गी, सेयरधनीका प्रतिनिधि एवं बैंकका विभागीय प्रमुख आनन्द सुवेदी, बैंकका उपकार्यकारी अधिकृतहरू विमल डंगोल, पवन रेग्मी, विनयरमण पौडेल, दुर्गाकुमारी कँडेल, रामकुमार थापा, कम्पनी रजिष्ट्रार कार्यालयका उपरजिष्ट्रार देविप्रसाद सुवेदी, बाह्य लेखापरीक्षक सिए आनन्दराज शर्मा वाग्ले लगायत आरविवि सेक्युरिटीजका कर्मचारीहरुकोे उपस्थिति रहेको थियो ।

आरबीबी सेक्युरिटीज कम्पनी लिमिटेडका सञ्चालक समितिका अध्यक्ष एवं राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेशप्रसाद लोहनीको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
571SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?