National life

राष्ट्रिय वाणिज्य बैंकको नाफामा उछाल, वित्तीय अवस्था कस्तो?

राष्ट्रिय वाणिज्य बैंकको नाफामा उछाल, ईपीएस २९ रुपैयाँ नाघ्यो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|२८ साउन २०८३, बिहिबार
1.3kShares
राष्ट्रिय वाणिज्य बैंकको नाफामा उछाल, वित्तीय अवस्था कस्तो?
ncell

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको वित्तीय प्रदर्शनमा उल्लेख्य सुधार देखिएको छ। बैंकले गत आर्थिक वर्ष २०८२/८३ मा ४ अर्ब ५५ करोड ६८ लाख ९१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ६०.६८ प्रतिशत बढी हो।

अघिल्लो आर्थिक वर्ष बैंकले २ अर्ब ८३ करोड ६० लाख २ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
नाफामा भएको वृद्धिसँगै बैंकको प्रतिसेयर आम्दानी पनि १०.२७ रुपैयाँबाट बढेर २९.१४ रुपैयाँ पुगेको छ।

गत असारसम्म बैंकको खुद ब्याज आम्दानी १७.८५ प्रतिशतले बढेर ११ अर्ब ९६ करोड ६१ लाख ५३ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी १० अर्ब १५ करोड ३९ लाख ७८ हजार रुपैयाँ थियो।

समीक्षा अवधिमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब ६३ करोड ४२ लाख ४२ हजार रुपैयाँ पुगेको छ। कुल सञ्चालन आम्दानी १५ अर्ब ५ करोड ६६ लाख ५७ हजार रुपैयाँ र सञ्चालन नाफा ६ अर्ब ४७ करोड ५३ लाख १८ हजार रुपैयाँ रहेको छ।

बैंकको वितरणयोग्य नाफा १ अर्ब ७ करोड ६९ लाख ५७ हजार रुपैयाँ रहेको छ। यस आधारमा बैंकको लाभांश वितरण क्षमता ६.८९ प्रतिशत देखिएको छ।

१५ अर्ब ६३ करोड ७३ लाख ७७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३९ अर्ब ३७ करोड ३५ लाख २२ हजार रुपैयाँ रहेको छ।

गत असारसम्म बैंकले ६ खर्ब ८६ अर्ब १३ करोड ५६ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने ३ खर्ब ३२ अर्ब ८ करोड ३४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। निक्षेप अघिल्लो वर्षको तुलनामा ३७.११ प्रतिशत र कर्जा लगानी १३.५९ प्रतिशतले बढेको हो।

यता बैंकको खराब कर्जा भने सामान्य बढेको छ। अघिल्लो वर्ष ३.७९ प्रतिशत रहेको खराब कर्जा अनुपात गत वर्ष बढेर ३.९५ प्रतिशत पुगेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?