National life

२२.५ मेगावाटको जाल्दीगाडमा तीन बैंकले लगानी गर्ने, ऋणतर्फ वाणिज्य बैंकको नेतृत्व

जाल्दीगाड जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन पूरा, ३ अर्ब ३६ करोड ऋण

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ दिन अगाडि|०२ असोज २०८३, शुक्रबार
772Shares
२२.५ मेगावाटको जाल्दीगाडमा तीन बैंकले लगानी गर्ने, ऋणतर्फ वाणिज्य बैंकको नेतृत्व
ncell

काठमाडौं । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा निर्माण हुने २२.५० मेगावाट क्षमताको जाल्दीगाड जलविद्युत् आयोजनाका लागि ४ अर्ब ६० करोड रुपैयाँ लगानी जुटेको छ । सांग्रीला हाइड्रोपावरले प्रवर्द्धन गर्ने आयोजनाको वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता सम्पन्न भएको हो ।

आयोजनामा राष्ट्रिय वाणिज्य बैंकको नेतृत्वमा नेपाल बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले संयुक्त रूपमा ३ अर्ब ३६ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बाँकी १ अर्ब २३ करोड ७१ लाख रुपैयाँ प्रवर्द्धकहरूको इक्विटी लगानी रहनेछ ।

वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौतामा सांग्रीला हाइड्रोपावरका अध्यक्ष खगेन्द्र न्यौपाने र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले हस्ताक्षर गरेका छन् । सम्झौता कार्यक्रममा नेपाल बैंक र निफ्राका प्रतिनिधिहरूको समेत उपस्थिति थियो ।

जाल्दीगाड नदीमा निर्माण हुने आयोजनाबाट वार्षिक १३३.४५ गिगावाट घण्टा विद्युत् उत्पादन हुने प्रक्षेपण गरिएको छ । आयोजनाको निर्माण अवधि ३३ महिना तोकिएको छ ।

कम्पनीका अनुसार आयोजनाका लागि आवश्यक जग्गा खरिदलगायत अधिकांश पूर्वतयारीका काम सम्पन्न भइसकेका छन् । वित्तीय व्यवस्थापनसमेत पूरा भएकाले अब आयोजनाको निर्माण कार्यलाई तीव्रता दिइने कम्पनीका प्रबन्ध सञ्चालक कृष्णप्रसाद घिमिरेले बताए ।

जाल्दीगाड आयोजना प्रवर्द्धन गर्ने समूहले यसअघि गोरखामा ४.५५ मेगावाट क्षमताको विकास हाइड्रोपावर आयोजना निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ । उक्त आयोजना निर्धारित समयभन्दा करिब ६ महिनाअघि नै सम्पन्न भएको कम्पनीले जनाएको छ । विकास हाइड्रोपावरले सर्वसाधारणका लागि आईपीओसमेत निष्कासन गरिसकेको छ ।

यसै समूहले गोरखामा ४.६ मेगावाट क्षमताको बूढीगण्डकी हाइड्रोपावर आयोजना पनि निर्माण गरिरहेको छ । उक्त आयोजनाबाट आगामी ६ महिनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

समूहले यसअघि निर्माण गरेका तथा निर्माण गरिरहेका आयोजनाको अनुभवका आधारमा २२.५० मेगावाटको जाल्दीगाड आयोजना पनि तोकिएको समयमै सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

यो समाचार शेयर गर्नुहोस्
772SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?