National life

एनएमबि बैंक द्वारा दीगो भविष्यका लागि ग्रीन सेभिङ्स डिपोजिट सुरु

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०५ चैत २०८१, मङ्गलबार
562Shares
एनएमबि बैंक द्वारा दीगो भविष्यका लागि ग्रीन सेभिङ्स डिपोजिट सुरु
ncell

काठमाडौं । एनएमबि बैंकले ग्रीन सेभिङ्स डिपोजिट (हरित बचत खाता) नामक नौलो बचत खाता योजना सुरु गरेको छ।

सो खाताले वातावरण संरक्षणमा व्यक्ति र संस्थाहरूलाई आफ्नो महत्वपूर्ण भूमिका खेल्न मद्दत गर्ने बैंकले जनाएको छ । यस खातामा जम्मा भएको रकम सौर्य ऊर्जा, ऊर्जा बचत र प्रकृतिलाई जगेर्ना गर्ने हरित परियोजनाहरूमा मात्र प्रयोग गरिने बैंकले उल्लेख गरेको छ ।

बैंकका अनुसार सो खाताबाट ग्राहकहरुले आफ्नो लगानीको राम्रो प्रतिफल पाउने मात्र नभई हरित ऋणहरूमा समेत विशेष छुटहरू पाउन सक्नेछन् । जोसुकैले पनि एनएमबि बैंकको ग्रीन सेभिङ्स डिपोजिट खाता खोलेर जलवायु परिवर्तन विरुद्ध लड्न र नेपाललाई थप दिगो बनाउन हातेमेलो गर्न सक्नेछन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

एनएमबि बैंक पर्यावरणमैत्री बन्न र सन् २०४५ सम्ममा नेपालको शून्य प्रदूषणको लक्ष्यलाई समर्थन गर्न प्रतिबद्ध भएको बताएको छ।

एनएमबि बैंकले हाल देशभर २०२ शाखाहरु, १८७ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

 

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
562SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?