National life
cg eloctronics

एनएमबि बैंकद्वारा ४० विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|०७ जेठ २०८३, बिहिबार
2.3kShares
एनएमबि बैंकद्वारा ४० विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
muktinatha bikash bank

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत तमु धिं नेपालसँगको सहकार्यमा ४० जना तमु समुदायका जेहन्दार विद्यार्थीहरुलाई शैक्षिक सहयोग प्रदान गरेको छ । उक्त सहयोग तमु धिं नेपालको ४२औं स्थापना दिवसको अवसरमा प्रदान गरिएको हो ।

कार्यक्रममा गण्डकी प्रदेशको सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पोशाक तथा शैक्षिक सामग्री वितरण गरिएको थियो । सहयोग सामग्री गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री माननीय रेखा गुरुङ ज्यू, तमु धिं नेपालका संस्थपक अध्यक्ष कर्म कुमारी तमु ज्यू, अध्यक्ष हुमबहादुर गुरुङ ज्यू तथा एनएमबि बैंक लिमिटेडका गण्डकी प्रदेश प्रमुख राजिव रञ्जित ज्यू लगायतले संयुक्त रुपमा वितरण गर्नुभएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3

कार्यक्रममा बोल्दै एनएमबि बैंकका गण्डकी प्रदेश प्रमुख राजिव रञ्जित ज्यूले तमु धिं नेपालसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताउँदै शिक्षा, समुदाय सशक्तीकरण तथा सामाजिक विकासमा बैंकको सहकार्य निरन्तर रहने बताउनुभयो ।

एनएमबि बैंकले हाल देशभरी १९८ शाखाहरु, १७६ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
2.3kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?