काठमाडौं । ग्राहकका लागि सहज सेवा र आकर्षक स्कीम उपलब्ध गराउन नवीन खोज गरिरहने निजी क्षेत्रको अब्बल ग्लोबल आइएमई बैंक यस पटक यती एअरलाइन्ससँग सहकार्यमा जुटेको छ । बैंकले यती एअरलाइन्ससँगको सहकार्यमा ‘ग्लोबल स्काई क्लब कार्ड स्कीम’ सुभारम्भ गरेको छ।
काठमाडौंमा हालै आयोजित एक विशेष कार्यक्रममा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मी र यती एअरलाइन्सका सीईओ सुवास सापकोटाले संयुक्त रूपमा कार्ड सार्वजनिक गरेका हुन् ।
ग्लोबल आइएमई बैंक नेपाली बैंकिङ क्षेत्रमा नयाँ–नयाँ सेवा र स्कीम ल्याउँदै ग्राहकलाई सरप्राइज प्याकेज दिने बैंकका रुपमा परिचित छ ।
पछिल्लो ‘ग्लोबल स्काई क्लब कार्ड स्कीम’मार्फत पहिलो पटक यती एअरलाइन्सको टिकट खरीद गर्दा ‘निस्शूल्क’ उपलब्ध हुने भएको छ । त्यति मात्र होइन्, नियमित कार्ड प्रयोग गरी कारोबार गर्दा ग्राहक तथा यात्रुले विशेष छूट, बोनस पोइन्ट, प्राथमिक चेक–इन सेवा, अतिरिक्त तौल सुविधालगायत प्राप्त गर्ने छन् ।
यसले ग्लोबल आइएमई बैंकका ग्राहकलाई सरप्राइज प्याकेज सहित नवीन सुविधाको अनुभव गराउने कम्पनीको विश्वास छ। ग्लोबल आइएमई बैंकका ग्राहकले ग्लोबल स्काई क्लब कार्डमार्फत यती एअरलाइन्सको पहिलोपटक टिकट खरिद गर्दा पूरै रकम बराबर क्यासब्याक दिइने भएको छ । त्यसैगरी, कार्डबाहक ग्राहकले यती एअरलाइन्सको कुनै पनि टिकट खरीद गर्दा १० प्रतिशत वा अधिकतम ५०० रुपैयाँ सम्म छुट पाउन सक्ने कम्पनीले जनाएको छ ।
कसरी फाइदा लिने कार्डबाट ?
विमानस्थलमा प्राथमिकता, ५ किलोग्राम अधिक तौल सुविधा
के भन्छन् सरोकारवाला ?
बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मी ग्लोबल आइएमई बैंक र यती एअरलाइन्सबिचको योसहकार्यले डिजिटल कारोबार र ग्राहकमैत्री सेवा विस्तारमा सहयोग पुग्ने बताउँछन् । यो सहकार्यले डिजिटल बैंकिङलाई थप सशक्त बनाउने उनको विश्वास छ । उनी भन्छन्, ‘ग्लोबल आइएमई बैंक नयाँ प्रविधिको प्रयोगसँगै ग्राहकमैत्री सेवा र समयानुकूल योजना ल्याउन सधैं तत्पर छ ।’ यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटा ग्लोबल आइएमई बैंकसँगको सहकार्यबाट बैंक र एयरलाइन्स दुवैका ग्राहक तथा सेवाग्राही लाभान्वित हुने बताउँछन् ।
‘हामीले ग्लोबल आइएमई बैंकसँग मिलेर यस्तो योजना ल्याएका छौं, जसले दुवै संस्थाका ग्राहकहरूलाई प्रत्यक्ष रूपमा लाभ पुर्याउनेछ,’ उनी भन्छन्, ‘भविष्यमा अझ नयाँ र परिस्कृत सेवा ल्याउने विश्वास व्यक्त गरे ।’ ग्लोबल आइएमई बैंकले ग्राहकको सुविधालाई मध्यनजर गर्दै विभिन्न किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ ।
गर्विलो बैंक, सशक्त सेवा
बैंकले नेपाली नागरिकमा बैंकिङ सेवासँगै अतिरिक्त विश्वका विभिन्न देशबाट रेमिट्यान्स सेवा समेत पुर्याउँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउँछ ।
उता, निजी क्षेत्रतर्फ सञ्चालित नेपालको अग्रणी वायुसेवा कम्पनी यती एअरलाइन्स २६ वर्षदेखि नेपाली आकासमा उत्कृष्ट सेवाका साथ उडिरहेको छ । ७ एटीआर ७२ जहाजबाट यतीले नेपालका सूगम क्षेत्रमा उडान गर्छ । पर्वतीय उडानमा समेत यतीको दरिलो उपस्थिति छ । यतीको भगिनी कम्पनी तारा एयरले दूर्गम भेग र दूरदराजका नागरिकलाई सुलभ हवाई सेवा उपलब्ध गराइरहेको छ । यो कम्पनी वार्षिक १० लाखभन्दा बढी यात्रुहरुलाई सुरक्षित हवाई सेवा दिइरहेको छ ।

































