National life
cg eloctronics

विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक: कुन मुद्राको भाउ कति?

max lubricant tata
Aarthik voice
Aarthik voice
अहिले मात्र|१३ मंसिर २०८३, आइतबार
255Shares
विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक: कुन मुद्राको भाउ कति?
muktinatha bikash bank

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरण अनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४९ रुपैयाँ ०८ पैसा कायम गरिएको छ।

युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ७० पैसा र बिक्रीदर १६३ रुपैयाँ ३६ पैसा तथा युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९४ रुपैयाँ ८७ पैसा र बिक्रीदर १९५ रुपैयाँ ६६ पैसा निर्धारण भएको छ। यसैगरी, स्वीस फ्र्याङ्क एकको खरिददर १७७ रुपैयाँ ६३ पैसा र बिक्रीदर १७८ रुपैयाँ ३५ पैसा रहेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

अष्ट्रेलियन डलर एकको खरिददर ९९ रुपैयाँ ०९ पैसा र बिक्रीदर ९९ रुपैयाँ ४९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ २२ पैसा र बिक्रीदर १०४ रुपैयाँ ६४ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११५ रुपैयाँ १३ पैसा र बिक्रीदर ११५ रुपैयाँ ६० पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३१ पैसा र बिक्रीदर नौ रुपैयाँ ३४ पैसा रहेको छ भने चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ३१ पैसा र बिक्रीदर २२ रुपैयाँ ४० पैसा कायम भएको छ।

खाडी मुलुकतर्फ साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७४ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ७२ पैसा र बिक्रीदर ४० रुपैयाँ ८९ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ ४३ पैसा र बिक्रीदर ४० रुपैयाँ ५९ पैसा निर्धारण गरिएको छ।

everest bank

त्यस्तै, कुवेती दिनार एकको खरिददर ४८० रुपैयाँ ६७ पैसा र बिक्रीदर ४८२ रुपैयाँ ६२ पैसा, बहराइन दिनार एकको खरिददर ३९३ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३९५ रुपैयाँ ४१ पैसा तथा ओमनी रियाल एकको खरिददर ३८५ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३८७ रुपैयाँ २१ पैसा कायम भएको छ।

थाई भाट एकको खरिददर चार रुपैयाँ ३८ पैसा र बिक्रीदर चार रुपैयाँ ४० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३६ रुपैयाँ १६ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ १४ पैसा र बिक्रीदर ११ रुपैयाँ १८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४ रुपैयाँ ६० पैसा तथा डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ७७ पैसा र बिक्रीदर २१ रुपैयाँ ८६ पैसा तोकिएको छ। हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ९७ पैसा र बिक्रीदर १९ रुपैयाँ ०४ पैसा रहेको छ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ। राष्ट्र बैंकले आवश्यकता अनुसार यो विनिमयदर जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। साथै, वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर भने केही फरक हुनसक्ने र अद्यावधिक दर केन्द्रीय बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध हुनेछ।

यो समाचार शेयर गर्नुहोस्
255SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?