माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।चालु आर्थिक वर्षको पहिलो ३ महिनामा बैंकले ५० करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७।१९ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५४ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेपनि गैर सञ्चालन खर्च बढेका कारण बैंकको खुद नाफा घट्न पुगेको हो। यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ४।९९ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी २२।५१ प्रतिशत बढेको छ। बैंकको कुल सञ्चालन आम्दानी यस अवधिमा ७।१४ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २७।६२ प्रतिशत बढेको छ।
समिक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ३२ पैसा हुन् पुगेको छ । यस अवधिमा बैंकको प्रतिशेयर नेटवर्थ १५३ रुपैयाँ १६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १५।३३ गुणा रहेको छ।
यस अवधिमा बैंकको जगेडा कोष पछिल्लो ३ महिनामा ८।९० प्रतिशत बढेको छ। त्यस्तै, सो अवधिमा बैंकको निक्षेप ६।२३ प्रतिशत बढेको छ।


































