काठमाडौँ । सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेको चितवनमा लिएको बयान आज नसकिएसँगै भोली फेरि लिने भएको छ । आजबाट सुरु भएको बयान भोलि पनि जारी रहने छ ।
सरकारी वकिलको कार्यालयमा जिल्ला महान्यायाधिवक्ता शान्ति प्रसाद लुइँटेलको रोहबरमा लामिछानेको बयान भएको हो। चितवनमा पनि सहकारी ठगीको उजुरी परेपछि लामिछानेलाई मंगलबार बिहान चितवन लगिएको थियो ।
चितवनमा सहारा चितवन सहकारी लिमिटेडको रकम हिनामिना गरेको आरोपमा लामिछानेविरुद्ध गत मंसिर ५ गते पूरक जाहेरी दर्ता भएको थियो । यसअघि पूर्वडीआईजी छविलाल जोशी र रामबहादुर खनाललाई पनि चितवन लगेर बयान गराइएको थियो ।



































