National life

३ अर्बको प्रिफरेन्स सेयर जारी गर्दै एनएमबि बैंक, लगानीकर्ताहरुले मात्रै खरिद गर्न पाउने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ भदौ २०८१, आइतबार
485Shares
३ अर्बको प्रिफरेन्स सेयर जारी गर्दै एनएमबि बैंक, लगानीकर्ताहरुले मात्रै खरिद गर्न पाउने
ncell

काठमाडौं। एनएमबि बैंकले प्रिफरेन्स सेयर जारी गर्ने भएको छ । बैंकले बार्षिक ८.२५ प्रतिशत प्रतिफल दिने ३ अर्ब रुपैयाँ बराबरको प्रिफरेन्स सेयर जारी गर्ने निर्णय गरेको हो।

बैंकको भदौ १४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले प्रति कित्ता १०० रुपैयाँ मूल्य अंकित ३ करोड कित्ताले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकर सेयर जारी गर्ने निर्णय गरेको हो । राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारण सभाबाट पास गरेपछि बैंकले सो मात्रामा अग्राधिकार सेयर जारी गर्नेछ ।

Royal Enfield
nic asia capital

यस्तो सेयर संस्थागत लगानीकर्ताहरुले मात्रै खरिद गर्न पाउनेछन् । बैंकले नाफा गरेर लाभांश वितरण गरेको बर्ष यो सेयरका खरिदकर्ताहरुले सबै भन्दा पहिले ८.२५ प्रतिशत नगद लाभांश पाउँछन्। तर बैंकले नाफा कमाएर लाभांश वितरण गर्न सकेन भने अग्राधिकार सेयर धनीले सो आर्थिक बर्षमा लाभांश पाउने छैनन् र त्यस्तो लाभांश अर्को बर्षकोमा जोडेर प्राप्त हुने छैन् ।

राष्ट्र बैंकले बैंकले वाणिज्य बैंकहरुको माग बमोजिम एकिकृत निर्देशन २०८० मा संसोधन गर्दै पुँजी कोष दबाबमा रहेका बैंक तथा वित्तिय संस्थाहरुलाई अग्राधिकार सेयर जारी गर्ने सुबिधा उपलब्ध गराएको थियो । बहुसंख्यक बाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीहरु पुँजी कोष अभावमा थप ऋण लगानी गर्नै नसक्ने अवस्थामा रहेका थिए ।

राष्ट्र बैंकले सुविधा दिएसँगै बैंक तथा वित्तिय संस्थाहरुले अग्राधिकार सेयर जारी गरेर आफ्नो टायर १ क्यापिटल बढाउन सुरु गरेका हुन् । क्यापिटल एडुक्वेसी फ्रेमवर्कअनुसार बैंकहरूले जोखिम भारित सम्पत्तिको १.५ प्रतिशतसम्म पर्पेचुअल प्रकृतिको नन्–क्युमुलेटिभ अग्राधिकार सेयर जारी गर्न सक्ने व्यवस्था छ ।

यो समाचार शेयर गर्नुहोस्
485SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?