National life
cg eloctronics

सेफ सन्तोष साह धरौटी बुझाएर रिहा, अनुसन्धान जारी

पीडित पक्षले सोही आधारमा बैंकिङ कसुरअन्तर्गत मुद्दा दायर गरेको थियो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
५ महिना अगाडि|०२ असार २०८३, मङ्गलबार
1.4kShares
सेफ सन्तोष साह धरौटी बुझाएर रिहा, अनुसन्धान जारी
muktinatha bikash bank

काठमाडौँ। बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ परेका सेफ सन्तोष साह धरौटी बुझाएर रिहा भएका छन्। प्रहरीले जनाएको अनुसार उनले बिगो बराबरको रकम बुझाएपछि हाजिर जमानीमा छोडिएको हो।

जिल्ला अदालत काठमाडौँबाट अनुमति लिएर प्रहरीले उनलाई धनुषाको जनकपुरधामबाट पक्राउ गरेको थियो। सोही प्रकरणमा अर्का एक व्यक्तिलाई पनि नियन्त्रणमा लिइएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3

उनीविरुद्ध काठमाडौँको गैरीधारास्थित एक रेस्टुरेन्ट खरिदका क्रममा पूर्ण रकम भुक्तानी नगरेको आरोप लगाइएको छ। पीडित पक्षले सोही आधारमा बैंकिङ कसुरअन्तर्गत मुद्दा दायर गरेको थियो।

हाल साह रिहा भए पनि मुद्दाको अनुसन्धान भने जारी रहेको प्रहरीले जनाएको छ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?