काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आवको पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित आज गरेको छ । कम्पनीले छ महिनाको अवधीमा दुई अर्ब चार करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल गरेको छ ।
गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ७८ करोड रुपैयाँ खुद नाफा कमाएको बैंकले यस वर्ष इम्पेरमेन्ट चार्जका कारण मुनाफा २६ प्रतिशतले घटेर दुई अर्ब चार करोडमा सीमित हुन पुगेको छ ।
छ महिनामा बैंकको खुद ब्याज आम्दानी र खुद फि तथा कमिशन आम्दानी उल्लेख्य बृद्धि भएको छ ।
ग्लोबल आइएमई बैंकको कुल सञ्चालन आम्दानी ३९.२२ प्रतिशत बढेको छ । समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा २.९२ प्रतिशतबाट बढेर ४.६८ प्रतिशत पुगेको छ । जसका कारण इम्पेरमेन्ट चार्ज १ अर्ब १२ करोडबाट बढेर ४ अर्ब १३ करोड पुगेको छ ।
बैंकको यस अवधिमा प्रति शेयर आम्दानी ११ रुपैयाँ ३१ पैसामा झरेको छ । बैंकको मूल्य आम्दानी अनुपात १८.१३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५७ रुपैयाँ ४० पैसा रहेको छ । बैंकको चुक्ता पुजि ३६ अर्ब १२ करोड र जगेडा कोषमा २० अर्ब रुपैयाँ संचिती रहेको छ । यस अवधीमा बैंकले कूल चार खर्ब ५४ अर्ब २४ करोड रुपैयाँ निक्षेप संकलन गरी तीन खर्ब ६४ अर्ब ७४ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ ।




































