National life

बचतकर्ताको रकम अपचलन गरेको आरोपमा सहकारीका अध्यक्ष पक्राउ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१८ असोज २०८०, बिहिबार
551Shares
बचतकर्ताको रकम अपचलन गरेको आरोपमा सहकारीका अध्यक्ष पक्राउ
ncell

काठमाडौँ । देउराली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रवीन्द्र चौलागाईलाई प्रशरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अध्यक्ष चौलागाईलाई बचतकर्ताको झण्डै साढे ४ करोड रुपैयाँ अपचलन तथा हिनामिना गरेको आरोपमा पक्राउ गरेको छ ।

संचालक समितिका सदस्यहरुले निक्षेपकर्ताहरुलाई आर्कषक ब्याजदर दिने भन्दै प्रलोभन देखाएर रकम सहकारी मुद्दती, निक्षेप, आवधिक बचत, शेयर तथा विभिन्न बचत खातामा जम्मा गराएका थिए ।

मासिक,त्रैमासिक र वार्षिक रुपमा ब्याज पाउने तथा निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पूर्ण साँवा, ब्याज फिर्ता पाउने विश्वासका बचतकर्ताहरुले रकम जम्मा गरेपनि सहकारीले फिर्ता नगरेपछि पीडितले प्रहरीमा उजुरी गरेका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार बचतकर्ताहरुको हालसम्म प्राप्त जाहेरी अनुसार चार करोड उनान पचास लाख उनान सय हजार चार सय त्रिचालिस रुपैयाँ बचत रकम अपचलन तथा हिनामिना भएको देखिएको छ ।

काभ्रेको देउराली गाउँपालिका वडा नम्बर ६ स्थायी ठेगाना भएका चौलागाईमाथि आवश्यक अनुसन्धान कार्य भैरहेको अधिकारीले जानकारी दिए ।

यो समाचार शेयर गर्नुहोस्
551SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?