National life

रकम हिनामिना गरेको आरोपमा सूर्यदर्शन सहकारीका कोषाध्यक्ष पक्राउ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२६ भदौ २०८०, मङ्गलबार
554Shares
रकम हिनामिना गरेको आरोपमा सूर्यदर्शन सहकारीका कोषाध्यक्ष पक्राउ
ncell

काठमाडौं । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष पक्राउ परेका छन् । प्रहरीले पोखरा बागलुङ बसपार्कस्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष ललितपुर गोदावारी नगरपालिका–४ बस्ने ४२ वर्षीय कुमार रम्तेललाई ललितपुर महानगरपालिका–१४ कुमारीपाटीबाट पक्राउ गरेको हाे ।

सूर्यदर्शन सहकारीका सञ्चालकहरूविरुद्ध जिल्ला प्रहरी कार्यालय पोखरामा ९७१ जना बचतकर्ताहरूले रकम हिनामिना गरेको भन्दै उजुरी दिएको प्रहरीले जनाएको छ ।

कोषाध्यक्ष रम्तेलविरुद्ध जिल्ला अदालत कास्कीबाट पक्राउ अनुमति जारी भएअनुसार पक्राउ गरिएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको समन्वयमा कास्की प्रहरीको टोलीले रम्तेललाई काठमाडौँबाट पक्राउ गरेको केन्द्रीय प्रहरी प्रवक्ता तथा नायब महानिरीक्षक कुबेर कडायतले जानकारी दिए ।

यो समाचार शेयर गर्नुहोस्
554SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?