National life

सार्वजनिक खरिद प्रणाली ह्याक गरी ठेक्का हेरफेर गर्ने थप दुई अभियुक्त पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|१३ वैशाख २०८३, आइतबार
1.5kShares
सार्वजनिक खरिद प्रणाली ह्याक गरी ठेक्का हेरफेर गर्ने थप दुई अभियुक्त पक्राउ
ncell

काठमाडौं। सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘इ–बिडिङ’ प्रणालीमा अनधिकृत प्रवेश गरी ठेक्काका गोप्य विवरणहरू हेरफेर गरेको आरोपमा प्रहरीले थप दुई जनालाई नियन्त्रणमा लिएको छ । सार्वजनिक खरिदसम्बन्धी ईजीपी प्रणालीमा अनधिकृत पहुँच पुर्याइ ठेक्का विवरण हेरफेर गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जानकारी दिएको छ ।

नेपाल प्रहरीको साइबर ब्यूरो भोटाहिटीबाट खटिएको विशेष टोलीले काठमाडौँका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा ईन्कोन प्रालिका सेयरधनी एवं लेखापाल ३० वर्षीय स्वदेश पोखरेल र कल्पवृक्ष बिल्डर्स प्रालिका सञ्चालक ४१ वर्षीय प्रकाश ढुंगाना रहेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रहरीका अनुसार पोखरेललाई वैशाख १२ गते पेप्सिकोलाबाट र ढुंगानालाई वैशाख १३ गते बालाजु क्षेत्रबाट नियन्त्रणमा लिइएको हो । अभियुक्तहरूले विभिन्न विकास निर्माणका ठेक्काहरूको आर्थिक प्रस्ताव खुल्नुभन्दा अगावै प्रणाली ह्याक गरी आफ्नो अनुकूल हुने गरी कागजातहरू परिवर्तन गर्ने गरेको पाइएको छ । ठेक्का प्रक्रियामा अस्वस्थ प्रतिस्पर्धा गराई सरकारी प्रणालीको गोपनीयता भङ्ग गरेको उजुरी परेपछि ब्यूरोले सुक्ष्म अनुसन्धान अघि बढाएको थियो ।

यसअघि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मात्रै अनुसन्धान सुरु गरिएको भए पनि घटनाको गम्भीरता र गिरोहको संलग्नता देखिएपछि अहिले उनीहरूमाथि संगठित अपराध निवारण ऐन, २०७० बमोजिम मुद्दा चलाइएको छ ।

अदालतबाट पक्राउ अनुमति लिई नियन्त्रणमा लिइएका दुवै जनामाथि थप प्रमाण सङ्कलन र गिरोहका अन्य सदस्यहरूको खोजी कार्य भइरहेको ब्यूरोले जनाएको छ। सरकारी विद्युतीय प्रणालीको सुरक्षामाथि भएको यो आक्रमणलाई सुरक्षा निकायले गम्भीर वित्तीय अपराधका रूपमा लिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?