National life

मोबाइल चोरीको आरोपमा बालबालिकालाई रुखमा बाँधेर कुटपिट गर्ने चार जना पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ महिना अगाडि|१७ असार २०८३, बुधबार
1.4kShares
मोबाइल चोरीको आरोपमा बालबालिकालाई रुखमा बाँधेर कुटपिट गर्ने चार जना पक्राउ
ncell

काठमाडौँ । मोबाइल चोरेको आरोपमा बालबालिकालाई रुखमा बाँधेर कुटपिट गरेको आरोपमा बाराबाट चार जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार यही असार १६ गते जितपुर सिमरा उपमहानगरपालिका–१६ टांगिया बस्तीस्थित सार्वजनिक चौतारामा ४ जना बालबालिकालाई मोबाइल चोरी गरेको भन्दै बरको रुखको फेदमा डोरीले बाँधी कुटपिट गरिएको थियो । कुटपिट गर्ने चार जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६ टांगिया बस्ती बस्ने अन्दाजी वर्ष ६२ की मिना रजन मगर, वर्ष ३२ की पवि कुमारी आले मगर, वर्ष ३० की रानीमाया मोक्तान र वर्ष ४२ की निर्मला वाईवा रहेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनीहरूविरुद्ध बालबालिका विरुद्धको कसूरमा मुद्दा दर्ता गरी बारा जिल्ला अदालत कलैयाबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?