National life
cg eloctronics

अमेरिकी डरको भाउ लगातार तीन दिन स्थिर, अन्य देशको कतिमा हुदैछ साटफेर ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०५ जेठ २०८२, सोमबार
613Shares
अमेरिकी डरको भाउ लगातार तीन दिन स्थिर, अन्य देशको कतिमा हुदैछ साटफेर ?
muktinatha bikash bank

काठमाडौँ । आज जेठ ५ गते सोमबारका लागि राष्ट्रबेंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको जस अनुसार आज पनि अमेरिकी डरको भाउ स्थिर रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३७ रुपैयाँ १२ पैसा कायम भएको छ । यस्तै, खरिददर १३६ रुपैयाँ ५२ पैसा कायम भएको छ । शनिवारदेखि अमेरिकी डलर यही भाउमा कारोबार हुँदै आएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

त्यस्तै, आज १ युरोको बिक्रीदर १५३ रुपैयाँ ०७ पैसा रहेको छ भने खरिददर १५२ रुपैयाँ ४० पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १८२ रुपैयाँ ०२ पैसा खरिद दर १८१ रुपैयाँ २२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साथै, अष्ट्रेलियन डलर १ को खरिददर आज ८७ रुपैयाँ ४१ पैसा र बिक्रीदर ८७ रुपैयाँ ४० पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९७ रुपैयाँ ७६ पैसा र बिक्रीमा ९८ रुपैयाँ १८ पैसा पाइन्छ । कतारी रियाल १ को खरिददर ३७ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

everest bank

यो समाचार शेयर गर्नुहोस्
613SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?