National life

कैलाश हेलिकप्टरले ३० प्रतिशत लाभांश दिने

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|०७ पुस २०८२, सोमबार
1KShares
कैलाश हेलिकप्टरले ३० प्रतिशत लाभांश दिने
ncell

काठमाडौँ। कैलाश हेलिकप्टर सर्भिसेज लिमिटेडले साधारणसभा आह्वान गरेको छ। कम्पनीले पुस २८ गते साधारणसभा बोलाएको हो। सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।

कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश गरि कुल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कम्पनीको सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।

कम्पनी आईपीओ निष्काशनको लागि धितोपत्र बोर्डको अनुमतिको पर्खाइमा रहेको छ। कम्पनीले २०८१ जेठ मै आईपीओको अनुमति माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएपनि अझै अनुमति पाएको छैन । कम्पनीले त्यस समय प्रिमियम मूल्यमा ३ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति माग गरेको थियो। अब भने कम्पनीले पुँजी बढाएर १० लाख कित्ता शेयर निष्काशन गर्ने योजना बनाएको छ। सभामा आईपीओ सम्बन्धि प्रस्ताव पनि पेश हुने छ।

सभाको विशेष प्रस्तावमा संस्थापक र सर्वसाधारण शेयरधनीको स्वामित्व परिवर्तन गर्ने, हकप्रद शेयर निष्काशन गर्ने, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, थप संशोधनको लागि निर्देशन भईआएमा संचालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पेश हुने छन् ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?