National life

नेकपा एमालेद्वारा सार्वजनिक लेखा समितिको बैठक बहिस्कार

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|३२ साउन २०८०, बिहिबार
468Shares
नेकपा एमालेद्वारा सार्वजनिक लेखा समितिको बैठक बहिस्कार
ncell

काठमाडौँ । नेकपा एमालेका सांसदहरुले संसदको सार्वजनिक लेखा समिति बैठक बहिस्कार गरेका छन् । बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको समितिको बैठक एमाले सांसदहरुले बहिस्कार गरेका हुन् ।

समितिको बैठकमा एमाले सांसदहरु अनुपस्थित भएपछि कोरम नपुग्दा बैठक नै बस्न नसकेकाे हाे ।

बैठकमा सहभागी समितिको कार्यकक्षमा पुगेका अन्य दलका सांसदहरु एमाले सांसदको प्रतिक्षमा पौने २ बजेसम्म बसेका थिए ।

Royal Enfield
nic asia capital
तर त्यसबेला सम्म पनि एमाले सांसद नपुगेपछि बैठक स्थगित भएको समितिका जेष्ठ सदस्य समेत रहेका सभापति अर्जुननरसिंह केसीले जानकारी दिए ।

सभापतिको हैसियतमा रहेका केसीले कोरम नपुगेकाले बैठक स्थगित भएको बताए ।

यो समाचार शेयर गर्नुहोस्
468SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?