National life

राष्ट्रिय हितविपरीत अभिव्यक्ति सच्याउन एमालेको माग

max lubricant tata
Aarthik voice
Aarthik voice
३ महिना अगाडि|१७ जेठ २०८३, आइतबार
1.7kShares
राष्ट्रिय हितविपरीत अभिव्यक्ति सच्याउन एमालेको माग
ncell

काठमाडौं । नेकपा (एमाले) ले संसद्मा प्रधानमन्त्रीले दिएको सीमासम्बन्धी अभिव्यक्तिप्रति कडा आपत्ति जनाएको छ। पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीको भनाइलाई गैरजिम्मेवार र तथ्यविपरीत भएको बताएका हुन्।

आचार्यका अनुसार प्रधानमन्त्रीजस्तो उच्च जिम्मेवारीमा रहेका व्यक्तिबाट संसद्मा ‘नेपालले पनि अरू देशको भूमि मिचेको छ’ भन्ने अभिव्यक्ति आउनु दुःखद र अस्वीकार्य हो। उनले ऐतिहासिक प्रमाण, नक्सा र अध्ययनहरूले नेपालकै भूभाग अतिक्रमणमा परेको तथ्य देखाउँदा पनि यस्तो भनाइले भ्रम सिर्जना गरेको उल्लेख गरे।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनले देशको भौगोलिक अखण्डता र सार्वभौमसत्ताको रक्षा गर्नुपर्ने नेतृत्वबाट नेपाललाई नै दोष दिने किसिमको अभिव्यक्ति आउनु राष्ट्रिय हितविपरीत भएको टिप्पणी गरे। एमालेका अनुसार यसले सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मी, विज्ञ र आम नागरिकको भावनामा चोट पुगेको छ।

पार्टीले सीमाजस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीबाट आएको धारणा अपरिपक्व र भ्रमपूर्ण रहेको ठहर गर्दै उक्त अभिव्यक्ति सच्याउन माग गरेको छ। साथै, सरकारले संसद् र जनतासमक्ष स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने तथा राष्ट्रियता र भौगोलिक अखण्डतासम्बन्धी विषयमा कुनै पनि अस्पष्टता स्वीकार्य नहुने एमालेले जनाएको छ।
यो समाचार शेयर गर्नुहोस्
1.7kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?