National life

अन्ततः पछि हटे ओली, मीनबहादुरले दानमा दिएको जग्गा फिर्ता गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|०७ जेठ २०८३, बिहिबार
1.8kShares
अन्ततः पछि हटे ओली, मीनबहादुरले दानमा दिएको जग्गा फिर्ता गर्ने
ncell

काठमाडौं । नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरुङले प्रस्ताव गरेको दानस्वरूपको कार्यालय भवन नलिने निर्णय गरेको छ।

पार्टीको सचिवालय बैठकमा प्रस्तुत प्रस्तावअनुसार गुरुङ दम्पत्तिले दिने भनिएको जग्गा र भवनको प्रस्ताव धन्यवादसहित फिर्ता गर्ने निष्कर्ष निकालिएको हो। अब भने पार्टीले आफ्नै पहलमा बल्खुस्थित मदननगरमै केन्द्रीय कार्यालय निर्माण गर्ने योजना अघि बढाएको छ।

यसअघि गुरुङले कलंकी क्षेत्रमा कार्यालय भवन निर्माण गर्ने प्रस्ताव गरेका थिए र २०८१ असोजमा उक्त भवनको शिलान्याससमेत गरिएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
तर निर्माण कार्य अघि बढ्न सकेको थिएन।

महासचिव शंकर पोखरेलले मदन–आश्रित दिवसको अवसरमा बल्खुमै कार्यालय निर्माण हुने घोषणा गरिसकेका छन्।

गुरुङको सहयोगमा कार्यालय निर्माण गर्ने निर्णयले पार्टीभित्र विवाद चर्किएको थियो। सोही विषयमा प्रश्न उठाउने नेतृहरू विन्दा पाण्डे र उषाकिरण तिम्सेनामाथि अनुशासनात्मक कारबाहीसमेत गरिएको थियो।

अब पार्टीले आफ्नै स्रोतमा केन्द्रीय कार्यालय निर्माण गर्ने बाटो रोजेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.8kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?