National life

अपि पावर पश्चात सुपर माइ हाइड्रोपावरको १२.६३ प्रतिशत लाभांश घोषणा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ भदौ २०८१, मङ्गलबार
1.3kShares
अपि पावर पश्चात सुपर माइ हाइड्रोपावरको १२.६३ प्रतिशत लाभांश घोषणा
ncell

काठमाडौं । अपि पावर कम्पनी पश्चात् सुपर माइ हाइड्रोपावर लिमिटेड आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश घोषणा गर्ने दोस्रो सूचीकृत कम्पनी बनेको छ।

यस अगाडि भदौ ७ गते अपि पावर कम्पनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको थियो । सुपर माइ हाइड्रोको भदौ १७ गते साँझ बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ५.६३ प्रतिशत नगद लाभांश गरी कुल १२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

Royal Enfield
nic asia capital

विद्युत् नियमन आयोगले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण  गरिने कम्पनीले जनाएको छ । हाल कम्पनीको चुक्ता पुँजी ५० करोड रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?