काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
कम्पनीको भदौ ८ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र बोनस सेयरको कर प्रयोजनका लागि ०.७८९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। यसअनुसार कम्पनीले कुल १५.७८९४७ प्रतिशत लाभांश वितरण गर्नेछ।
हाल सुपर मादी हाइड्रोपावरको चुक्ता पुँजी २ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ रहेको छ।
सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश कम्पनीको आगामी साधारणसभाबाट अनुमोदन भएपछि मात्र सेयरधनीलाई वितरण गरिनेछ।
कम्पनीले साधारणसभा प्रयोजनका लागि भदौ २३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसअनुसार भदौ २२ गतेसम्म कायम रहेका सेयरधनीले साधारणसभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।
कम्पनीले आगामी साधारणसभाको मिति भने असोज गतेका लागि तय गरेको जनाएको छ।
































