काठमाडौं । माण्डु हाइड्रोपावर कम्पनीको १० प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ।
कम्पनीको भदौ १८ गते सम्पन्न वार्षिक साधारणसभाबाट पारित १० प्रतिशत बोनस सेयरबापतको १३ लाख ६३ हजार ६३७ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो।
नेप्सेमा सूचीकृत भएपछि उक्त सेयर कारोबारयोग्य बनेको छ। यद्यपि, सम्बन्धित सेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा भएपछि मात्रै खरिदबिक्री गर्न सकिनेछ।
कम्पनीले यस वर्ष बोनस सेयरसँगै कर प्रयोजनका लागि समेत गरी कुल १२.५३ प्रतिशत नगद लाभांश वितरण गरेको छ।


































