काठमाडौं । नेपाल ल्युब आयल लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ। कम्पनीको २० प्रतिशत दरको कुल १ लाख ४५ हजार ७२५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।
बोनस सेयर सूचीकृत भएसँगै कम्पनीको कुल सूचीकृत सेयर संख्या १० लाख ६ हजार ९०४ कित्ता पुगेको छ।


































