National life

मिड सोलुका सेयरधनीलाई १५ प्रतिशत बोनस, नगद लाभांश कति ?

कम्पनीको हालको चुक्तापुँजी ८६ करोड ६ लाख ६० हजार रुपैयाँ रहेको छ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|०६ असोज २०८३, मङ्गलबार
335Shares
मिड सोलुका सेयरधनीलाई १५ प्रतिशत बोनस, नगद लाभांश कति ?
ncell

काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडले आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको असोज ५ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट हाल कायम चुक्तापुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीको हालको चुक्तापुँजी ८६ करोड ६ लाख ६० हजार रुपैयाँ रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सोही पुँजीका आधारमा कम्पनीले १२ करोड ९० लाख ९९ हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ ।

त्यस्तै, कर प्रयोजनका लागि ६७ लाख ९४ हजार ६८४ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ ।

कम्पनीले प्रस्ताव गरेको लाभांश विद्युत् नियमन आयोगको स्वीकृति तथा आगामी पाँचौँ वार्षिक साधारणसभाबाट पारित भएपछि मात्रै सेयरधनीलाई वितरण गरिनेछ ।

मिड सोलु हाइड्रोपावरले सोलुखुम्बुको सल्लेरीमा ९.५ मेगावाट क्षमताको मध्य सोलु खोला जलविद्युत् आयोजना सञ्चालन गर्दै आएको छ ।

यो समाचार शेयर गर्नुहोस्
335SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?