काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। बैंकको सञ्चालक समितिको बुधबार बसेको बैठकले गत आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट उक्त लाभांश दिने निर्णय गरेको हो।
बैंकका अनुसार प्रस्तावित १० प्रतिशत लाभांशमध्ये ६ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस शेयर रहेको छ। बोनस शेयरमा लाग्ने करसमेत यही ४ प्रतिशतभित्र समेटिएको बैंकले जनाएको छ।
बैंकले प्रस्तावित लाभांश स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने भएको छ। राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि वार्षिक साधारणसभा बोलाएर लाभांश प्रस्ताव अनुमोदनका लागि पेश गरिनेछ।
साधारणसभाबाट प्रस्ताव पारित भएपछि मात्रै शेयरधनीले उक्त लाभांश प्राप्त गर्नेछन्।
































