काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन'अनन्त'सँग प्रशासनले महँगी दर घटिरहेको ब्रिफिङ गरेको छ । मन्त्रालय स्तरीय विकास समस्या समाधान परिषद्को बैठकमा मन्त्री पुनलाई महँगी दरसहित व्यापार घाटा घटेको ब्रिफिङ गरिएको छ ।
अर्थ मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख महेश आचार्यले सरकारी खर्च, राजस्व सङ्कलन, विदेशी विनिमय सञ्चिति, रेमिट्यान्स र सेयर बजारलगायत पक्ष बढेको ब्रिफिङ गरेका छन् । त्यस्तै आचार्यले मन्त्री पुनसामु गरेको ब्रिफिङमा उपभोक्ता मुद्रास्फीति गत आर्थिक वर्षको तुलनामा २.८७ प्रतिशत बिन्दुले कम भएको जानकारी गराएका छन् ।
२०७९ माघ मसान्तसम्म ७.८८ प्रतिशत रहेको मुद्रास्फीति दर २०८० माघ मसान्तमा ५.०१ प्रतिशत कायम भएको छ । अर्थ मन्त्रालयले मन्त्री पुनलाई ब्रिफिङ गराएअनुसार अर्थतन्त्रको अरू सबल पक्ष व्यापार घाटा घट्नु, सरकारी खर्च, राजस्व सङ्कलन, विदेशी विनिमय सञ्चिति, रेमिट्यान्स र सेयर बजार आदि बढ्नु रहेको छ ।







































