काठमाडौँ। रिद्धि सिद्धि सिमेन्टले आईपीओ निष्कासन गर्ने तयारीमा जुटेको छ ।
संस्थाले आईपीओ निष्कासनको मुख्य प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको छ। संस्थाको साउन ३ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा बोलाएको हो ।
सभा साउन १९ गते शनिवारका दिन बिहान ११ बजे थापाथलीमा रहेको कम्पनीको कर्पोरेट कार्यालयमा बस्ने भएको छ ।
उक्त सभामा कम्पनीको प्रारम्भिक सार्वजनिक निष्कासन सेयर९आईपीओ०को प्रतिशत परिवर्तन गर्ने र कम्पनीको हालको जारी र चुक्तापूँजी वृद्धि गर्ने विशेष प्रस्ताव पारित गरिने कार्यसूची रहेको छ ।
































