National life
cg eloctronics

कान्तिपुर फर्मास्युटिकल्सको आईपीओ खुल्यो, कुन समूहले कति कित्ता भर्न पाउँछन्?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ दिन अगाडि|१० मंसिर २०८३, बिहिबार
1.1kShares
कान्तिपुर फर्मास्युटिकल्सको आईपीओ खुल्यो, कुन समूहले कति कित्ता भर्न पाउँछन्?
muktinatha bikash bank

काठमाडौं । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आजदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले दुवै समूहका लागि छुट्टाछुट्टै कित्ता छुट्याएर प्राथमिक सेयर जारी गरेको हो।

कम्पनीले आफ्नो जारी पुँजी ८० करोड रुपैयाँको १० प्रतिशत अर्थात् ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरेको छ। प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य रहेको उक्त सेयर काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नम्बर ७ का स्थानीय बासिन्दाले खरिद गर्न पाउनेछन्।

3 ad - 1
3 ad - 2
3 ad - 3

त्यस्तै, कम्पनीले जारी पुँजीको ११.२५ प्रतिशत अर्थात् ९ करोड रुपैयाँ बराबरको ९ लाख कित्ता साधारण सेयरमध्ये १० प्रतिशत अर्थात् ९० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याएको छ।

आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले भने न्यूनतम १० कित्तादेखि अधिकतम ७ हजार कित्तासम्म आवेदन दिन पाउनेछन्। दुवै समूहका लागि सेयरको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ।

everest bank

आयोजना प्रभावित स्थानीयका लागि आईपीओ निष्कासन मंसिर १० गतेदेखि खुला भएको हो। यो समूहका लागि आवेदन छिटोमा मंसिर २४ गते बन्द हुनेछ। उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा निष्कासन अवधि पुस १३ गतेसम्म थप गर्न सकिनेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने आईपीओ निष्कासन छिटोमा मंसिर १५ गते र ढिलोमा मंसिर २४ गते बन्द हुनेछ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?