काठमाडौं । निभ कर्पोरेशन लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने प्रक्रिया अघि बढाएको छ। यसका लागि कम्पनीले विशेष साधारण सभा बोलाएको छ।
सञ्चालक समितिको जेठ २७ गते बसेको बैठकले असार १४ गते कम्पनी रजिष्टर्ड कार्यालयमा बिहान साढे ११ बजेदेखि सभा सञ्चालन गर्ने निर्णय गरेको हो।
उक्त सभामा आईपीओ निष्कासनसम्बन्धी विशेष प्रस्ताव छलफल गरी पारित गर्ने तयारी गरिएको छ।
साथै, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि एजेन्डामा समावेश गरिएको छ। नियामक निकायबाट कुनै निर्देशन वा सुझाव आएमा त्यसअनुसार आवश्यक परिमार्जन गर्न सञ्चालक समितिलाई पूर्ण अधिकार दिने विषय पनि सभामा पेश गरिनेछ।


































