National life

आज पाल्पा सिमेन्टको आईपीओमा आवेदन दिने अन्तिम दिन

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|१५ फागुन २०८२, शुक्रबार
1.3kShares
आज पाल्पा सिमेन्टको आईपीओमा आवेदन दिने अन्तिम दिन
ncell

काठमाडौं। पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि खुला गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)मा आवेदन दिने आज अन्तिम अवसर रहेको छ।

कम्पनीले फागुन १२ गतेदेखि सर्वसाधारण समूहका लागि कुल ४५ लाख कित्ता साधारण सेयर बिक्री खुला गरेको हो। जारी गरिएको सेयरमध्ये २ लाख ८१ हजार २५० कित्ता सामूहिक लगानी कोषका लागि तथा समान संख्यामा सेयर कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखामार्फत आवेदन पेश गर्न सक्नेछन्। साथै, ‘मेरो सेयर’ प्रणाली प्रयोग गरी अनलाइनबाट समेत आवेदन दिन सकिने सुविधा उपलब्ध छ।

यस आईपीओको निष्कासन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले सम्हालेको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल ७५ करोड रुपैयाँ बराबरका ७५ लाख कित्ता सेयर निष्कासन गर्न गत पुस ९ गते स्वीकृति प्राप्त गरेको थियो।

सोही स्वीकृतिअनुसार कम्पनीले पहिलो चरणमा पुस २५ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि आईपीओ बिक्री गरिसकेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?