National life

आजदेखि धरहरा चढ्न खुल्ला, फोटो खिच्न १ हजार शुल्क तिर्नुपर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ मंसिर २०८१, आइतबार
522Shares
आजदेखि धरहरा चढ्न खुल्ला, फोटो खिच्न १ हजार शुल्क तिर्नुपर्ने
ncell

काठमाण्डौ। आजदेखि सर्वासाारणका लागि धरहरा खुल्ला हुने भएको छ।

धरहरा चढ्नका लागि प्रतिव्यक्ति २ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ । विद्यार्थी, ज्येष्ठ नागरिक बालबालिका अपाङ्गता भएका व्यक्तिलाई भने ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

यस्तै सार्क राष्ट्रका पर्यटकलाई प्रतिव्यक्ति ५ सय र सार्क बाहेकका पर्यटकलाई प्रतिव्यक्ति १ हजार रुपैयाँ शुल्क लिइने भएको छ।यसका साथै, धरहरा परिसरमा प्रवेश गरेको मात्रै पनि शल्क लाग्ने भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

धरहरा परिसर प्रवेश गरेको ५० रुपैयाँ तिर्नु पर्नेछ । यसअघि परीक्षणका रूपमा निःशुल्क धरहरा खुल्ला गरिएकोमा आजदेखि भने शुल्क तिरेर मात्रै चढ्न पाइने भएको हो ।

धरहरामा पार्किङ गर्दा प्रतिघण्टा २० रुपैयाँ र दुई पाङ्ग्रेलाई १० रुपैयाँ तोकिएको छ । यसैगरी धरहरा स्तम्भमा राष्ट्रिय महत्त्वका विज्ञापन गर्न प्रतिघण्टा ५ हजार र व्यावसायिक भिडियो छाँयाकन गर्न प्रतिघण्टा ५ हजार र फोटोग्राफीका लागि प्रतिघण्टा १ हजार रुपैयाँ निर्धारण गरिएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
522SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?